रूपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी घेराबन्दीमा सरकारी वकिलको कार्यालयमा लगिएको छ। मंगलबार भैरहवा विमानस्थलबाट उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेराबन्दीमा वकिलको कार्यालयमा लगिएको हो। लामिछाने विमानस्थलबाट निस्कनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले उनका पक्षमा नाराबाजी गरेका थिए।

सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सुप्रिमको रकम ठगी प्रकरणमा बयानका लागि ल्याइएको रूपन्देही प्रहरीले जनाएको छ।

Share.

Comments are closed.

Exit mobile version