काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २२ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर आज १ हजार ९०५ रुपैयाँ कायम भएको हो ।

मङ्सिर नजिकिएसँगै बजारमा सुनचाँदीको सिजन सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बनारमा सुन सस्तो बन्दै जाँदा सर्वसाधारणले राहतको महसुस गरेका छन् ।

 

Share.

Comments are closed.

Exit mobile version