रुपन्देही -बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेलाई शुक्रबार मात्र पोखरा ल्याईने भएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्व गृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको थियो ।

 

बयान सकिए पनि त्यसलाई क्रमबद्ध रूपमा लेखेर शुद्धाशुद्धि हेरेर भाषा मिलाउन र प्रमाणीकरण गराउँदा राति अबेर भएको थियो । उनलाई अब शुक्रबार बिहान मात्र पोखरा पठाइने जनाइएको छ।

 

लामिछानेसँग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।

Share.

Comments are closed.

Exit mobile version