न्युयोर्क, २७ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक वयस्क चलचित्र अभिनेत्रीलाई हश मनी भुक्तानीमा दोषी ठहराएको छ ।

 

जसका  कारण ‘बिना शर्त डिस्चार्ज’ भनेर चिनिने सजायँ ट्रम्पलाइ सुनाइएको छ, जसका कारण उनलाई कुनै अपराधको लागि सजाय पाएको पहिलो अमेरिकी राष्ट्रपतिको रूपमा इतिहासमा दर्ज भएको छ ।

 

जनवरी २० मा रिपब्लिकन नेता ट्रम्पको सपथ ग्रहण गर्नु अघि सजायमा ढिलाइ गर्न ट्रम्पको कानूनी टोलीले गरेको प्रयासलाई अमेरिकी सर्वोच्च अदालतले  अस्वीकार गरेको एक दिनपछि न्यायाधीश जुआन मर्चनले शुक्रबार फैसला सुनाएका हुन् ।

 

एक ‘बिना शर्त डिस्चार्ज’ को अर्थ हो कि ट्रम्पको सजाय उनको स्थायी रेकर्डमा देखा पर्नेछ तर उनले जेल, जरिवाना, वा प्रोबेशनको सामना भने गर्नुपर्दैन् ।
उसलाई ह्वाइट हाउसमा प्रवेश गर्नको लागि बाटो भने अबरोध हुने छैन् ।

ट्रम्पले यसअघि २०१७ देखि २०२१ सम्म राष्ट्रपतिको रूपमा सेवा गरेका थिए, मेको अन्त्यमा स्टर्मी ड्यानियल्सलाई भुक्तान गरेको हुश मनी भुक्तानीसँग सम्बन्धित व्यापारिक कागजातहरू झूटो बनाउने ३४ गन्तीमा दोषी पाइएको थियो ।

 

निर्वाचित अमेरिकी राष्ट्रपतिले भने आफुमाथीको आरोप अस्वीकार गरेका छन् र उनले आफ्नो दोषीलाई पुनरावेदन गर्ने योजना बनाएको बताएका छन्।  शुक्रबारको सजाय सुनुवाइमा भर्चुअल रूपमा उपस्थित भएका ट्रम्पले आफ्नो आपराधिक परीक्षण र सजाय ‘धेरै डरलाग्दो अनुभव’ भएको जनाउँदै आफूले कुनै अपराध नगरेको दाबी गरेका थिए ।

अमेरिकी राष्ट्रपतिलाई सजाय दिने उपलब्धि 

इतिहासमा पहिलो पटक अभियोजक एल्भिन ब्रागले अमेरिकी राष्ट्रपतिलाई सजाय दिने उपलब्धि हासिल गरेकी छिन् ।

 

अभियोजक सरकारी वकिल हुन्, जसले सरकारको तर्फबाट मुद्दा पेश गरेकी थिइन् । र, उनी त्यसका लागि लामो समय देखी लडेकी पनि थिइन् । संदिग्ध अपराधी (जो यस मामलामा ट्रम्प थिए) विरुद्ध अभियोग लगाउने जिम्मेवारी अभियोजकको हो।

 

मुद्दा अदालतमा पुगेपछि अभियोजनकर्ताले आरोपको पक्षमा बहस गरेर अपराध भएको प्रमाणित गर्नु पर्ने हुन्छ ।

 

न्यूयोर्क टाइम्सका अनुसार यस केसका कारण सरकारी वकिलको रूपमा एल्विन ब्रागको विश्वसनीयता खतरामा परेको थियो, कतिपयले यसलाई जोम्बी अर्थात् मृत केसका रूपमा लिएका पनि थिए ।

तर, मुद्दालाई निष्कर्षमा पु¥याएर एल्विनले अमेरिकी इतिहासमा आफ्नो नाम दर्ता गराएकी छिन । उनी पहिलो अभियोजक हुन्, जसको तर्कले एक अमेरिकी राष्ट्रपतिलाई दोषी प्रमाणित मात्र भएनन, उनलाई सजाय पनि भयो।

 

‘मैले भर्खरै मेरो काम पुरा गरे,’ ब्रागले सुनुवाई पछि भनिन ।

 

खासमा यो मुद्दा के हो त ?

 

ट्रम्पले पोर्नस्टारलाई पैसा दिएर चुप लगाउने बिषय सन २००६ देखी जोडिएको छ । जतिबेला डोनाल्ड ट्रम्प घरजग्गा व्यवसायी थिए । पोर्न स्टार स्टर्मी डेनियल त्यतिबेला २७ वर्षको मात्र थिइन भने ट्रम्प ६० वर्षका थिए । जुलाई २००६ मा एक गल्फ टूर्नामेंट को समयमा दुईबिचमा भेट भएको थियो ।

 

तर, स्टर्मीले आफ्नो पुस्तक ‘फुल डिस्क्लोजर’ मा यो भेटको प्रसङ्ग उल्लेख गरेकी छिन्। उनले ट्रम्पलाई भेट्दा उनकी तेस्रो श्रीमती मेलानियाले छोरा ब्यारोनलाई भर्खरै मात्र जन्म दिएकी थिइन् । ब्यारोनको जन्म भएको ४ महिना मात्रै थियो ।

पुस्तकमा स्टर्मीले भनेकी छिन् कि, ट्रम्पका अंगरक्षकहरूले उनलाई नयाँ पेन्टहाउसमा डिनरको लागि आमन्त्रित गरेका थिए। पुस्तकमा उनले ट्रम्पसँगको आफ्नो सम्बन्ध र आफ्नो शारीरिक रूप पनि उल्लेख गरेका छन् । त्यसपछि यी दुईबीच अफेयर सुरु भएको थियो ।

 

तर, ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि उनलाइ चुप लागेर बस्न स्टर्मीलाई पैसा दिएका आरोप पछि लगाइएको थियो । ट्रम्पका वकिलले पनि ट्रम्पको तर्फबाट पोर्न स्टारलाई १ लाख ३० हजार डलर दिएको स्वीकार गरेका थिए ।

ट्रम्पले पोर्न स्टारलाई दिएको भुक्तानीको समाचार जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले खुलासा गरेको थियो । यसै आधारमा ट्रम्पविरुद्ध फौजदारी मुद्दा दायर गर्ने निर्णय भएको थियो । अन्ततः आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति मात्रै भएनन, अपराधीको पहिचान बोकेर उनी २० जनवरीमा पद तथा गोपनियताको सपथ लिदैँछन् । अमेरिकाको इतिहासमा यो पहिलो घटना हो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version