काठमाण्डौं,१२ असार २०८१ । देशका विभिन्न स्थानबाट लागु औषध सहित प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २८ वर्षीय संकलन राई र २७ वर्षीय आषिश कुमार बिक रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प ७४३ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-७ आनिमार्ग स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ बस्ने ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र सोही नगरपालिका-११ बस्ने २३ वर्षीय राम तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले बा.प्र.-०१-०२५ च ०८७७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ पोखरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९८ मिलिग्राम सहित सुनसरी रामधुनी नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहा, भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने ४० वर्षीय राम नारायण साह र भारत बिहार राज्य मधुबनी ग्राम पञ्चायत गोईत प्रसाही २७ वर्षीय राजन बाबु साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१ सौवाटिकरबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ८ एम्पुल, फेनारगन ८ एमुपल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका-४ लक्ष्मीनगर बस्न २५ वर्षीय पदम थापा र सोही उपमहानगरपालिका-६ बुद्धपथ बस्ने २८ वर्षीय लोक बहादुर पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-८ तीनकुनेबाट अवैध लागूऔषध गाँजा करिब ३४ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका-८ बस्ने २२ वर्षीय धिरज राई र सोही नगरपालिका- ७ बस्ने ३१ वर्षीय लोकेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को.३७ प १२५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो ९ सय ३३ ग्राम, ६० हजार ५ सय नेपाली रूपैयाँ र ३९ हजार २ सय १७ भारतीय रूपैयाँ सहित सोही उपमहानगरपालिका-६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ८१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुर चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ क्विन्टल १९ किलोग्राम र नगद १ लाख ९२ हजार रूपैयाँ सहित मकवानपुर थाहा नगरपालिका-१२ बस्ने ३६ वर्षीय बुद्धि बहादुर स्याङ्तानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राईपोटतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको ट्रकलाई जाँज गर्ने क्रममा ट्रकको पछाडीको ढालामा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-७ पुरानो कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने ३५ वर्षीय मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग भे.५ प ४२५३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version