पर्सा, १८ साउन । आफ्नै श्रीमती २४ वर्षीया अस्पतलिया देवीको हत्या गरेको अभियोगमा थप एकजना पक्राउ परेका छन् ।
जिरा भवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोल बस्ने २६ वर्षीय जितन माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जितनले वादविवादको क्रममा कुटपिट गर्दा अस्पतलियाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शंकरसरैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।