काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेभान्टे युडीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा पेड्री, फेरान टोरेजले एक एक गोल गरेका थिए भने एक गोल लेभान्टेका उनै एल्गेजाबलले आत्मघाती गोल गरेका थिए । त्यस्तै लेभान्टेका इभान रोमेरो र जोसे लुइस मोरालेजले एक एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले नयाँ सिजनमा लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै लेभान्टेले भने यस सिजनमा लगातार दोस्रो हार बेहोरेको छ ।

Share.

Comments are closed.

Exit mobile version