काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार सम्पन्न एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको ४३२ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रिका २४.५ ओभरमा १५५ रन मात्र बनाएर अल आउट भएको थियो । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन अप ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर कूपर कोन्नोलीले ५ विकेट लिएका थिए भने जेभियर बार्टलेट र सीन एबोटले २-२ विकेट लिएका थिए । दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेवाल्ड ब्रेभिसले सर्बाधिक ४९ र टोनी डी जोर्जीले ३३ रन बनाएका थिए ।

यसअघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाउदै ४२९ रन बनाएको थियो ।

यस क्रममा अस्ट्रेलियाका तीन खेलाडीले शतक प्रहार गरेका थिए । जसमा ट्राभिस हेडले १४२, क्यामरुन ग्रीनले अविजित ११८ र कप्तान मिचेल मार्शले १०० रन बना थिए । त्यस्तै एलेक्स केरीले अविजित ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

त्यसैगरि दक्षिण अफ्रिकी बलर केशभ महाराज र सेनुरान मुथु स्वामीले एक एक विकेट लिएका थिए ।

यससँगै एकदिवसीय सिरिज भने दक्षिण अफ्रीकाले २-१ ले जितेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version