काठमाडौँ । जेनजी प्रतिनिधि रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाई र रास्वपा पनि आन्दोलनका स्टेकहोल्डर भएको बताएको उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै रक्षाले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुह पनि स्टेकहोल्डर  हो भन्दै स्वयं प्रधानसेनापतिले भनेपछि आफुहरुले अस्वीकार गरेर बाहिरिको बताएकी छन् ।

उनले जेनजीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेनजी समुहसँग छलफलको तयारी गरेको बताएकी छन् ।

उनले भनेकी छन्- 

राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाई र रास्वपा समुहसँग वार्तामा बस्नुस्, उहाहरूपनि स्टेकहोल्डर हो भनेर स्वयम प्रधान सेनापतिले भनेसकेपछि , जेन जीआन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदशनकारी जेन जी समुहसंग छलफलका निम्ती तयारी गरिरहेका छौं ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version