काठमाडौँ । फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनले रक्षामन्त्री लेकोर्नुलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । सेबास्टियन लेकोर्नु राष्ट्रपति म्याक्रोनका नजिकका मानिन्छन् । उनले म्याक्रोनका धेरै मिसनहरू सफल बनाएका छन् ।
फ्रान्समा एक वर्षमा यो चौथो पटक प्रधानमन्त्री नियुक्त भएको हो । यसअघि सोमबार प्रधानमन्त्री फ्रान्कोइस बायरोले विश्वासको मत नपाएको कारण राजीनामा दिएका थिए ।
गत वर्ष सेप्टेम्बरमा गेब्रियल एटलको राजीनामापछि मिशेल बर्नियर प्रधानमन्त्री बनेका थिए । डिसेम्बरमा राजीनामा दिएपछि बायरोले पदभार ग्रहण गरे । तर फ्रान्सको वित्तीय घाटा कम गर्न असफल भएका कारण उनको सरकार ढल्यो ।
म्याक्रोनले नयाँ प्रधानमन्त्री लेकोर्नुलाई २०२६ को बजेट प्रस्तुत गर्ने र संसदबाट सहमति गराउने जिम्मेवारी सुम्पेका छन् । राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री लेकोर्नुले बजेटको लागि संसदका सबै दलहरूसँग परामर्श गर्ने बताएका छन् ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।


