काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले अर्को जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा आर्सनलले नोट्टीङघम फरेस्टलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा मार्टिन जुबिमेंडीले २ गोल गरेका थिए भने एक गोल भिक्टर ग्योकेरेसले एक गोल गरेका थिए ।
यो जितपछि आर्सनलको ४ खेलमा ९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै नोट्टीङघमको भने यो दोस्रो हार हो । नोट्टीङघमको ४ खेलमा ४ अंक रहेको छ र हाल १२औं स्थानमा रहेको छ ।
