काठमाण्डौं । जेनजी आन्दोलनको बलबाट मुलुकको प्रधानमन्त्री बनेकी शुसिला कार्कीले आईतबार पदभार ग्रहण गरेकी छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो । उनलाई मुख्यसचिव एकनारायण अर्याल, सचिवहरुले स्वागत गरेका थिए ।

कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिईन् ।

पद ग्रहण गरे लगत्तै उनले जेन-जी आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने र प्रत्येक मृतकका परिवारलाई १०-१० लाख दिने निर्णय गरेकी छन्।

पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरिन्। कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो।

कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने भएकी छन्।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version