काठमाडौँ, २९ भदौ । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी छन्। उनले आइतबार औपचारिक रूपमा पार्टी छाडेको घोषणा गरेकी हुन्।
श्रेष्ठ र पार्टी सभापति रवि लामिछानेबीच पछिल्ला दिनमा देखिएको टकरावले पार्टीभित्र आन्तरिक द्वन्द्व गहिरिँदै गएको थियो। सोही विवादकै बीच श्रेष्ठले पार्टी परित्यागको निर्णय गरेकी बताइएको छ।
