काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको जानकारी दिइएको छ ।

त्यस्तै हाल १३४ प्रदर्शनकारीको विभिन्न अस्पतालमा उपचार गराइरहेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिएका छन् । त्यस्तै हाल प्रहरीहरु ५७ जना उपचाररत रहेको जानकारी दिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा मृत्यु भएका युवाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएकी छन् ।

कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै आफुले आन्दोलनमा मृत्यु भएका सबैलाई शहिद घोषणा गर्ने निर्णय गरेको बताएकी हुन् । उनले अहिलेको व्यवस्था अनुसार सरकारले सबै शहिद परिवारलाई जनही १०-१० लाख दिने निर्णय समेत गरेको बताएकी छन् ।

साथै आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार गर्ने र घाइतेका आफन्तहरु उपचारको क्रममा राजधानीमा बस्दाको खर्च समेत सरकारले बेहोर्ने बताएकी छन् ।

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version