काठमाडौँ । रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी छोडेकी छन् । अब उनले आफ्नो राजनीतिक बाटो स्पष्ट नगरेपनि उनले प्रधानमन्त्री सुशिला कार्कीको टिममा बसेर काम गर्ने अनुमान गरिएको छ । यसैका लागि उनले रास्वपा छोडेको विश्लेषण गरिएको छ ।

रास्वपा छोड्दै गर्दा सुमनाले कयौं आरोप पनि लगाएका छिन् । उनले पार्टी सभापति रवि लामिछानेलाई इंगित गर्दै गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भनेकी छन् । साथै उनले जहिलेदेखि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको समेत बताएकी छन् । सुमनाले स्पष्ट रुपमा रास्वपामा आफूमाथि मिडिया ट्रायल गरिएको समेत आरोप लगाएकी छन् ।

उनले भनेकी छन्- कहिल्यै गल्ती नस्विकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अ झ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । आई क्वीट, मैले पार्टी छोडेँ ।

यस अघि रवि लामिछानेले शनिबार आम रुपमै जेलबाट फरार भएको आरोप लागेपछि कारागार फर्किनु अघि लेखेको एक सन्देशमा पार्टी छोडेर जान चाहनेलाई बाधक नबन्ने स्पष्ट सन्देश दिएका थिए ।

उनले भनेका थिए- आफ्नै पार्टी परिवारभित्र का  साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्पा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु। तर पार्टी त बन्छ बन्छ। बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version