मोरङ । विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध गाँजा करिब २६२ किलो ५ सय ८० ग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-१८ बस्ने श्याम कुमार यादव, सुनसरी घर भएका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा फेला पारी सन्जु र निखिललाई पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त गाँजा श्याम कुमारको हो भन्ने खुल्न आएपश्चात श्यामलाई विराटनगर महानगरपालिका-१८ आईसिपी रोडबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Share.

Comments are closed.

Exit mobile version