काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव शर्माले रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुनबाट बच्न बचाउन सकिने बताएका छन् ।
उनले भनेका छन्-
आज मैले जलेका राष्ट्रपति भवन ,सिंहदरबार , संसद भवन ,अदालत ,र पार्टी कार्यालय, अनि कान्तिपुर, भाटभटेनी लगायतका क्षतिग्रस्त व्यावसायिक संरचनाहरू हेरे । अब आफैभित्र, पार्टीभित्र, संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने संकल्प गरौं । रूपान्तरण मार्फत सोचमा नै परिवर्तण गरेर मात्र यस प्रकारका क्षेतिको पुनरावृति हुन बाट बच्न बचाउन सकिन्छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।