काठमाडौं । चाडपर्व नजिकिएसँगै नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दै देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार शान्ति–सुरक्षा र अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वयमा काम भइरहेको छ। सम्भावित जोखिम क्षेत्र पहिचान गरी निगरानी बढाइएको र नागरिकसँग हातेमालो गर्दै भयरहित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाइएको उनले बताए।
आवश्यकताअनुसार ड्रोन, तालिमप्राप्त कुकुर र सादा पोसाकमा प्रहरी समेत खटाइनेछ। काठमाडौं उपत्यकामा मात्रै ६ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् भने आवश्यकता परे थप जनशक्ति प्रयोग गर्ने तयारी छ।
सवारीसाधनको सहज आवागमन, चोरी–तस्करी, कालोबजारी, बढी भाडा असुली, मदिरा सेवनपश्चात हुने होहल्ला र झगडाजस्ता घटनामा विशेष निगरानी राखिने प्रहरीले जनाएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।