काठमाडौं । जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे गुण्डुस्थित आफ्नो निवासमा बैठक बोलाएका हुन्।
बैठकमा देशको समसामयिक अवस्था, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, संगठन सुदृढीकरण र भावी कार्यक्रमबारे निर्णय हुने एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
