काठमाडौं । उरुग्वे र कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकाको लास भेगासमा आज बिहान भएको क्वार्टरफाइनल खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा उरुग्वे ४–२ ले विजयी भयो । उरुग्वेले अब सेमिफाइनलमा कोलम्बियाको सामना गर्नेछ ।

आजै बिहान भएको अर्को क्वार्टरफाइनल खेलमा पानामालाई ५–० ले हराउँदै कोलम्बिया सेमिफाइनलमा पुगेको हो । कोपा अमेरिकाको अर्को सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानाडा भिड्नेछन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.
Leave A Reply
Exit mobile version