एजेन्सी । मध्य गाजा पट्टीको नुसेरात क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली बमबारीमा कम्तीमा १६ प्यालेस्टाइनीको मृत्यु भएको छ ।

जसमा अधिकांश बालबालिका र महिला रहेको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

हालको प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि अल–जाउनी विद्यालयमा तेस्रो पटक बम विष्फोट भएको जनाइएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार इजरायली सेनाले घटनाको बारेमा रिपोर्ट हेरिरहेको बताएको छ ।

हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले शनिबार एक विज्ञप्तिमा आक्रमण भएको विद्यालयले झन्डै ७ हजार विस्थापित व्यक्तिहरूलाई आश्रय दिएको र द्वन्द्व शुरु भएदेखि इजरायली सेनाले १७ भन्दा बढी विद्यालय र विस्थापन तथा आश्रय केन्द्रहरूमा नुसेरातमा बमबारी गरेको बताएको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.
Leave A Reply
Exit mobile version