सर्लाही । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाही चन्द्रनगर गाउँपालिका रतनपुर बस्ने ८० वर्षीय यादवको आइतबार राती हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उनी मृत अवस्थामा भेटिएका थिए । अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख बिनोद पोखरेल नेतृत्वको टोलीले घटनाको अनुसंधान अघि बढाएको छ

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य थिए ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version