काठमाडौं-सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमामा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्षमा नियुक्त गरेको हो।

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी यसअघि पनि योजना आयोगको सदस्य हुनुहुन्थ्यो।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सातै जना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ।

सदस्यहरूमा डा. आरती बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको छ।

Share.

Comments are closed.

Exit mobile version