काठमाडौं। बुधबार भएको सौर्य एयरको विमान दुर्घटनामा घाइते क्याप्टेन मनीषरत्न शाक्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। शाक्य उपचाररत काठमाडौं मेडिकल कलेजले आज एक विज्ञप्ति जारी गरेर शाक्यको अबस्था सामान्य रहेको जानकारी दिएको हो।

अस्पतालका निर्देशक प्रा।डा। मीना थापाले आज जारी गरेको विज्ञप्तिमा शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको उल्लेख छ।

अस्पतालले शाक्यको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट देखिएको र ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएको जनाएको छ। अनुहार तथा नाक र आँखाका चोटहरुको उपचार भइसकेको अस्पतालले जनाएको छ।

 

देखिएको र ढाडको एउटा हड्डीसँगै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएको जनाएको छ। अनुहार तथा नाक र आँखाका चोटहरुको उपचार भइसकेको अस्पतालले जनाएको छ।

 

 

Share.

Comments are closed.

Exit mobile version