काठमाडौं । सरकारले मुख्यसचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायम मुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरु पनि नियुक्त गरेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा। रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको उहाँले जानकारी दिनुभयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version