रामेछाप-रामेछाप जिल्लाको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु भएको खबरले सिंगो गाउँबासी स्तव्ध भएका छन् ।
गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा पुरिएर एकै घरकातीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
विमान तामाङको घर पहिरोले पुरिदा उनकी १७ बर्षिया छोरी सीता तामाङ,१४ बर्षिया नातिनी लक्ष्मी तामाङ र छिमेकी पदम तामाङकी १६ बर्षिया छोरी आशिका तामाङ हराईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए।
रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु घर माथिको ढिस्को भत्किएर लेदोले घर पुरिएर तीनै जनाको मृत्यु भएको बताइएको छ ।
