काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौँडामा बसेको प्रदेश सरकारको बैठकले आगामी मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यसैबीच जनैपूर्णिमा पर्वको अवसरमा पर्सी सोमबार सरकारले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यस्तै, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार जुनसुकै समयमा सर्वसाधारणले रक्षाबन्धन गर्नसक्ने प्रतिक्रिया दिएको छ । शासन सत्तामा रहेकाहरूलाई भने दिउँसो साढे १ बजेपछि मात्र रक्षाबन्धन गर्न समितिले सुझाव दिएको छ ।

Share.

Comments are closed.

Exit mobile version