काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताउनुभएको छ ।

पार्टी स्थायी समिति बैठकमा आफूले अवको २ सय वर्षसम्म पनि नेपालको वैचारिक नेतृत्व लिने गरी विचार निर्माण गर्न र सत्ताको नेतृत्व लिँदा र आफूले अध्यक्ष दाहाललाई सुझाव दिँदा कसरी नेतृत्व विरोधी भएँ ? भनि प्रश्न पनि गर्नुभयो ।

शनिबार पार्टीको रुकुम–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी हुनुभएको थियो । सोही कार्यक्रममा बोल्दै जनार्दन शर्माले अध्यक्ष दाहाललाई तपाईंको भुमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, संगठनको जिम्मा अरुलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

जनार्दन शर्माले अध्यक्ष दाहालतिर फर्कंदै तपाईंलाई हटाएर आफू अध्यक्ष हुने कुनै चाहना नराखेको बताउनुभयो । पार्टीलाई समाप्त हुन नदिनका लागि आफूले अध्यक्ष दाहाललाई वैचारिक धारको नेतृत्व गर्न आफूले प्रश्ताव गरेको पनि उपमहासचिव शर्माको स्पष्टिकरण थियो । उहाँले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रुपमा खण्डन गर्नुपर्ने माग गर्नुभयो ।

उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रुपमा विभिन्न आरोप लाग्ने गरेपनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version