काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोबाट देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।

सशस्त्र प्रहरीका अनुसार गत बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन् । उनिहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै विपद्को घटनामा परि ८९ जना घाइते भएका छन् भने उनिहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।

लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version