एजेन्सी । इरानले इजरायलमा ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको छ । इजरायली सेनाको दाबी अनुसार इरानले पछिल्लो पटक एक सय ८० भन्दा धेरै मिसाइल प्रहार गरेको छ । तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी छ ।

ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र बदलापछि उनीहरुले बुझ्ने बताउनुभएको छ । पछिल्लो केही दिनयता इरान, इजरायल र लेबनानमा आपसी आक्रमणका घटना तीव्र भएका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version