पोखरा-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज कास्की अदालतमा लगिएको छ। अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि पुन:म्याद थपको लागि अदालत पेस गरिएको हो।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले चौथोपटक हिरासत म्याद थप्न कास्की जिल्ला अदालत लगेको हो। यसअघि तेस्रोपटक थपिएको १० दिनको म्याद शनिबार सकिएपछि फेरि थप हिरासतमा राख्न अदालतसँग अनुमति माग्न लागिएको हो।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्व डीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ ।  उनीविरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दा छ ।

Share.

Comments are closed.

Exit mobile version