विराटनगर- कोशी प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।
मानव तस्करीको अभियोगमा उनलाई आफ्नै पार्टी नेकपा एमालेले पनि साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको थियो।
नक्कली कागजात बनाएर तीन जनालाई जापान लैजाले कार्यमा मन्त्रीको समेत नाम जोडिएपछि उनले पदबाट राजिनामा दिएका थिए । मानव तस्करीको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
अधिकारीसहित चार जनालाई जापानको टोकियो विमानस्थल अध्यागमन कार्यालयले कागजात शंकास्पद लागेपछि १४ कात्तिकमा डिपोट गरेको थियो ।
काठमाडौँ विमानस्थलमा आएपछि प्रहरीले तीन युवालाई पक्राउ गरे पनि मन्त्री अधिकारीलाई छाडेको थियो ।
उनलाई विराटनगरबाट काठमाडौँ ल्याइने बताइएको छ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।