महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय नौ रनको लक्ष्य पाकिस्तानले ११ ओभर ५ बलमा एक विकेट मात्रै गुमाएर पूरा गर्‍याे। पाकिस्तानकी गुल फिरोजाले ५७ रन बनाइन् । पाकिस्ताको एक मात्र विकेट कविता जोशीले लिइन् ।

त्यसअघि दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो ।

Share.

Comments are closed.

Exit mobile version