काठमाण्डौ। एक बर्षको अवधिमा  नेपालले २३ अर्ब ४४ करोड रुपैयाँको विदेशी फलफूल आयात गरेको छ। आर्थिक वर्ष २०८००८१ मा २३ अर्ब ४४ करोड रुपैयाँ बराबरको २ लाख ९६ हजार मेट्रिक टन फलफूल नेपालमा आयात भएको हो।

भन्सार विभागका अनुसार एक वर्षमा फलफूलबाट सरकारले ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। जसमा नेपालबाट भने ३ करोड रुपैयाँको मात्रै फलफूल निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

नेपालले वार्षिक फलफूलको कारोबारबाट २३ अर्ब ४१ करोड घाटा ब्होरेको छ। धेरैजसो फलफूल भारतबाट मात्रै आयात भएको भन्सार विभागले जनाएको छ। जसमा मात्रै, १ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुन्तला आयत भएको छ। भन्सार विभागका अनुसार विदेशबाट २० हजार मेट्रिक टन सुन्तला आयात भएका भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

 

Share.

Comments are closed.

Exit mobile version