काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना प्रकरणबारे राज्यले छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उहाँको भनाइ छ । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह पनि गर्नुभएको छ ।

उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री ढकालले उपसभामुख रानाको विगतको छवि उच्च रहे पनि अहिले छानबिनका लागि तयार हुनु नपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो ।

यस्तै, आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको ढकालको भनाइ छ ।

<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fdhakalmukul%2Fposts%2F10212013362204636&show_text=true&width=500″ width=”500″ height=”271″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>

 

 

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version