काठमाडौँ- एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टिमलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रममार्फत नेपाली टिमलाई बिदाइ गरेको हो।

नेपाली टिमलाई क्यानका सचिव पारस खड्का, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँगै क्यानका सदस्यले बिदाइ गरे। नेपाली टिम शक्ति गौचनको प्रशिक्षण र हेमन्त धामीको कप्तानीमा मैदानमा उत्रनेछ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ। यो समूहमा नेपालसँगै अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। नेपाली टिमले आउँदो नोभेम्बर २९ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

प्रतियोगिताको यो संस्करणमा कुल आठ टिमको सहभागिता छ।

Share.

Comments are closed.

Exit mobile version