काठमाडौं। सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालका अनुसनर लामिछाने र जोशीसहित १४ जनाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको हो।
पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो।
लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए। सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् । लामिछाने अहिले चितवनको साहरा बचत सहकारीको रकम अपचलनमा बयान दिन चितवनमा छन् ।


