काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किनु भएको छ। गत मंसिर १७ गते चारदिने औपचारिक भ्रमणका लागी बेइजिङ जानु भएका प्रधानमन्त्री ओली केहीबेर अगाडी काठमाडौं अवतरण गर्नुभएको हो।

हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट चीन जानु भएका प्रधानमन्त्री ओली सोही विमानबाटै स्वदेश फर्किनु भएको हो। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो।

त्यही क्रममा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर समेत भएको छ।

Share.

Comments are closed.

Exit mobile version