काठमाडौं, ५ फागुन । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगित आजवाट काठमाडाैंमा सुरू हुदैँछ ।
एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिता आजवाट फागुन १४ सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैँछ ।
आज हुने दुइवटा खेल मध्ये पहिलो खेलमा म्यान्मार र लेबनानले प्रतिस्पर्धा गर्नेछन भने जुन खेल अपरान्ह १ः३० बजेवाट सुरू हुनेछ । आजै हुने दोस्रो खेलमा नेपालले किर्गिस्तानसँग भिडनेछ, जुन खेल साँझ ५ः३० बजेवाट सुरू हुनेछ ।
फिफा वरीयतामा किर्तिस्तान नेपालभन्दा तल छ । हाल किर्गिस्तानको फिफा वरीयता १२८ औं स्थान छ । किर्गिस्तानसँग नेपालले अहिलेसम्म १ खेल खेलेको छ । सन् २०१९ किर्गिस्तानमै भएको नादेज्दा कपमा नेपालले ८–२ को फराकिलो जित दर्ता गरेको थियो ।
खेल अघि हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बादेले भने यो खेलको उपाधिको खडेरी तोड्नका यो प्रतियोगिता राम्रो अवसर भएको बताएकी थिइन । ‘तयारी राम्रो भएको छ । टोलीको तालमेल मिलिरहेको छ । कम गल्ती गर्दै उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौं । कोचको योजनाअनुसार प्रदर्शन गर्न सके उपाधि जित्न गाह्रो पनि छैन्,’ उनले भनिन् ।
साथै, नेपालले फागुन ८ मा लेबनान र फागुन ११ मा भने म्यानमारसँग प्रतिस्पर्धामा उत्रनेछ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।