अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न युक्रेन असफल भएकै कारण अमेरिका अघि सर्नुपरेको बताउनुभएको छ ।

साउदी अरबमा भएको रुस–अमेरिका वार्तामा आफूलाई नबोलाएको भन्दै युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले आपत्ति जनाएपछि त्यसको जवाफमा ट्रम्पले युद्धका तीन वर्ष र युद्ध शुरू हुनुअघि समेत युक्रेनलाई अवसर भए पनि त्यसको उपयोग गर्न नसकेको बताउनुभयो ।

रुस–युक्रेन युद्ध अर्थहीन रहेको भन्दै ट्रम्पले रुसले यो युद्ध अन्त्य गर्न चाहेको उल्लेख गर्नुभयाे । साउदी अरबमा हिजो भएको वार्ताबाट आफू निकै आशावादी भएको उहाँको भनाइ छ ।

साउदी अरबमा चार घण्टाभन्दा बढी समय चलेको वार्तापछि अमेरिका र रुस चार वटा मुख्य सिद्धान्तमा सहमत भएका छन् । जसमा युक्रेनमा द्वन्द्वको अन्त्यका लागि काम गर्ने र सबै पक्षलाई स्वीकार्य हुने गरी उच्चस्तरीय वार्ता टोली गठन गर्ने रहेको छ । यस्तै आणविक शक्ति र संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरूका रूपमा शान्ति र सुरक्षाका मुद्दाहरूमा रुस र अमेरिकाको विशेष जिम्मेवारीको बारेमा सचेत रहँदै दुवै देश अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्न पनि सहमत भएका छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version