काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ ।  विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो ।

युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र बनाएको थियो ।

नेपालका लागि कबिता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउदै ९१ रन बनाएको थियो ।

युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

यो हारसँगै नेपालको फाइनलको सम्भावना समाप्त भएको छ । नेपालले ५ खेलमा ४ हार र एक जित हासिल गरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version