काठमाडौं, २५ चैत । अर्थसहित तीनवटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ ।

अर्थ समितिको बैठकमा आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ, जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक भने बिहान १०ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सबन्धमा स्थलगत अनुगमन बारे छलफल हुनेछ ।

उता, दिउँसो ३ः०० बजे देखी सुरू हुने महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को बार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version