काठमाडौँ । एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा शनिबार सम्पन्न दोस्रो खेलमा सिरियाले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
नेपालले यसअघि खेलेको पहिलो खेलमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको थियो । त्यस्तै सिरियाले लगातार दोस्रो जित हासिल गरेको छ । सिरियाले आफ्नो पहिलो खेलमा फिलिपिन्समाथि २-१ को जित हासिल गरेको थियो ।
एएफसी यू-२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।