काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको हलमा बस्ने र बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुने समितिले जानकारी दिएको छ । समितिको सभापतिमा हालै पूजा चौधरी निर्वाचित भएकी छन् ।
त्यस्तै आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको हलमा बस्ने र बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुने समितिले जानकारी दिएको छ । त्यस्तै यस समितिको सभापतिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।



