काठमाडौं । बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् । उनले मंगलबार अन्तरिम सरकारको नेतृत्व गर्न तयार रहेको बताएका थिए ।

युनिसले भनेका थिए, “यति धेरै त्याग गर्ने विद्यार्थीले मलाई यो कठिन घडीमा पाइला चाल्न अनुरोध गरिरहेका छन्, म कसरी इन्कार गर्न सक्छु ?”

नोबेल शान्ति पुरस्कार विजेता युनिस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार हुने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको बीबीसीले जनाएकाे छ ।

आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख बनाउने  निर्णय गरेकाे  बताइएको छ ।

Share.

Comments are closed.

Exit mobile version