काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार आज सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । २५ अर्ब माथिको सेयर कारोबार हुँदा नेप्से परिसूचक २८ सय विन्दुमाथि पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.७६ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३३० कम्पनीको ६ करोड ३२ लाख १ हजार ३२३ कित्ता सेयर २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँमा खरिदबिक्री भए । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।

कारोबार रमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्ब ५२ करोड २ लाख ४७ हजार ३७० रुपैयाँको सेयर कारोबार भयो । यसैगरी शिवं सिमेन्टको १ करोड १६ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेपाल इन्फ्रास्टक्चर बैंकको ६८ करोड , नेपाल फाइनान्सको ५९ करोड र अपर तामाकोशी हाइड्रोपावरको ५५ करोड मूल्य बढीको सेयर कारोबार भयो ।

यसदिन एक दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । २५ अर्ब बढीको सेयर कारोबार भएको बजारमा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।

१३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ । इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स समूहको उपसूचक ४ प्रतिशत बढीले बढ्यो । कारोबारमा आएका २२५ कम्पनीको मूल्य बढ्दा १५ वटाको घट्यो । २कम्पनीको मूल्य भने यो दिन स्थिर रह्यो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version