काठमाडौं । अखिल नेपाल महिलासंघले नेकपा एमालेका तर्फवाट संसदमा प्रतिनिधित्व गर्ने महिलाहरुले गरेका कामको अभिलेख राख्ने भएको छ ।

पार्टीले अवसर दिएर संसदमा प्रतिनित्व गरेका सांसदहरुले महिलाका पक्षमा के के काम गरे ? त्यसको अभिलेख राख्ने भएको हो । अखिल नेपाल महिला संघ केन्द्रीय संसदीय विभागले आयोजना गरेको संसदमा महिला सांसदहरुको प्रभावकारी भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अनेमसंघका नेताहरुले सो को जानकारी दिएका हुन् ।

विभाग प्रमुख विजुला रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेनुका पोखरेलले महिला अधिकारको सुनिश्चिता संविधानमा व्यवस्था गरिएको भएपनि त्यसमा कुन सांसदको कस्तो भुमिका रह्यो भन्ने अभिलेख नभएको बताउनुभयो ।

नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टाराईले अनेमसंघको यस्तो भुमिकाले महिला सांसदहरुलाई अझ प्रभावकारी भूमिका खेल्न सघाउने बताउनुभयो । संसदमा विगतका सांसदहरुले खेलेको मुख्य भुमिकाको चर्चा गर्दै नेता भट्टराईले महिलाको एजण्डा महिलाले मात्रै बोल्ने नभइ संसदमा आफ्ना मुद्दा अन्य सांसदलाई पनि बोल्न बाध्य बनाउने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले संसदमा महिला समन्वय समिति वनाउने व्यवस्था भएकाले त्यसलाई सक्रीय वनाएनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अनेमसंघ ईन्चार्ज सीता पौडेलले महिला सांसदहरुले आफ्ना एजेण्डा पारित नहुंदा सवै उठेर विरोध जनाउने र आफ्ना एजेण्डामा वहुमत वनाएर संसदमा कुरा राख्ने अवस्था निर्माण गर्न सांसदहरुलाई सुझाव दिनुभयो । उहाँले विषयगत विज्ञता हासिल गर्न र विषय अध्ययन गरेर डाटामा वोल्ने बानिको विकास गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

अनेमसंघ अध्यक्ष टुका भद्रा हमालले जनताका समस्या समाधान गर्नका लागि माननीय वनाएको भन्दै समय व्यवस्थापन गरेर अध्ययन गर्न र आफ्ना कुरा ससंसदमा निर्भिक ढंगले राख्न आग्रह गर्नुभयो । उहाँले सांसदहरुलाई त्यसका लागि अनेमसंघसंग समन्वय र सहकार्यका लागि आह्वान गर्नुभयो ।

कार्यक्रममा संसदमा प्रतिधित्व गर्ने महिला सांसदहरु, अनेमसंघका महासचिव पेम्बा लामा सहित पदाधिकारीहरुको उपस्थिती थियो ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version