काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा सम्बोधन गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गरने भएका हुन् ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने बताए । ‘अध्यक्ष ज्यूले संक्रमणकालीन न्यायका विषयमा धारणा राख्नुुहुन्छ,’ उनले भने, ‘देशको पछिल्लो राजनीतिक अवस्थाबारे संसद्मा बोल्ने कार्यसूची छ ।’
खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।