काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिसमा जारी पारालिम्पिकमा  ऐतिहासिक काश्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पलेशालाई बधाई दिएका हुन् ।

पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

खबरसाइट डट कम (www.khabarsite.com) तपाईँको आफ्नै खबर साइट हो । हामी कुनै पनि आग्रह र पूर्वाग्रहरहित भएर हरेक पल सत्य तथ्य निष्पक्ष खबर पस्कने जमर्को गर्छौँ । हाम्रो यस स्वतन्त्र अभियानमा तपाईँको साथ अपरिहार्य छ ।

Share.

Comments are closed.

Exit mobile version