काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्का र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूचि पनि रहेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९÷८० को चौथौ वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुनेछ ।
